नेकपा केन्द्रिय सदस्य मिना साउँद सहित नेताहरु एमालेमा समाहित

अछाम । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य मिना भनेर चिनिने मना कुमारी साउँद सहितका नेता कार्यकर्ताहरु नेकपा (एमाले) मा समाहित भएका छन् । साउँद सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास राज्यमन्त्री समेत हुनुहुन्छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादी र केही अन्य मिलेर बनेको नयाँ गठित नेकपाले नेपालको समाजवादी आन्दोलन र गणतन्त्रलाई नै असर गर्ने भन्दै आफूहरु एमालेमा समाहित भएको उल्लेख छ । शीर्ष नेताहरुको स्वार्थ र देशीविदेशी प्रतिक्रियावादीहरुको उक्साहटमा तत्कालीन नेकपाको सरकार ढालेको विज्ञप्तिमा उल्लेख छ । लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, स्थिरता र विकासका लागि वाम एकताको आवश्यकता औंल्याउँदै साउँद एमालेमा समाहित हुनुभएको जनाइएको छ ।

साउदसँगै विघटित नेकपा (एकीकृत समाजवादी) निकट युवा संघका पूर्व उपमहासचिव मोहन साउँद, नेपाली कम्युनिस्ट पार्टी अछाम काठमाण्डौ सम्पर्क मञ्चका कृष्णबहादुर साउँद सहित ७५ जना रहेका छन् । केन्द्रिय सदस्य साउँद सहितका नेता तथा कार्यकर्ताहरुलाई एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्ण प्रसाद जैसी सहितको सहभागिता रहेको थियो ।

अछाम क्षेत्र नं. १ का एमाले उम्मेदवारहरुलाई विजयी गराउनका लागि सामहित भएका नेता तथा कार्यकर्ताहरुको प्रतिबद्धता रहेको छ । उक्त क्षेत्रमा प्रतिनिधिसभामा काँग्रेसबाट भरतकुमार स्वार एमालेबाट दिपकबहादुर साउँद, नेकपा बाट डा. भीमबहादुर रावल, राष्टिय स्वतन्त्र पार्टीबाट ओमप्रकाश रावल लगायतका उम्मेदवारहरु रहेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!