वडा कार्यालय तोडफोड आरोपमा सात जना पक्राउ

मंगलसेन । मेल्लेख गाउँपालिका-१ ऋषिदहको वडा कार्यालयमा तोडफोडमा संलग्न भएको आरोपमा सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १९ देखि २४ वर्ष उमेरका रहेका छन् । 

Cyber Security

पक्राउ पर्नेमा मेल्लेख गाउँपालिका-१ माझगाउँका पृथ्वी विष्ट, काँटीगाउँका नरेश धामी, लक्षी धामी, कुशल धामी, मनिराम धामी, नन्द धामी, शेर धामी रहेका छन् । पक्राउ परेका व्यक्तिहरूलाइ प्रचलित कानूनबमोजिम अनुसन्धान गरेर कारवाही गरिने अछाम प्रहरी प्रमुख ओमप्रकाश खनालको भनाइ छ ।

ल्यापटप, कम्प्युटर, दराज, प्रिन्टर र फोटोकपी मेसिन, प्रोजेक्टर, इन्टरनेटको राउटर र कुर्सी तोडफोड गरिएको अछाम प्रहरीले जानकारी दिएको छ । साथै दराज भित्र राखिएका कागजातहरू समेत बाहिर ल्याएर छरपस्ट छरिएका पाइएकाे छ । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!