छाउ बार्न त्रिपालमा बस्दा ढुंगा लागेर दुईको मृत्यु, एक गम्भीर घाइते

अछाम । छाउ बार्न त्रिपालमा बसेका बेलामा माथिबाट खसेको ढुंगा लागेर दुइ जनाको मृत्यु भएको छ ।

Cyber Security

पञ्चदेवल विनायक नगरपालिका ८ बराला निवासी ३५ वर्षीया निम खनाल र मंगलसेन नगरपालिका ६ तेसिंगे निवासी ७ वर्षीया कविता भण्डारीको घटनास्थलमै ज्यान गएको हो । मंगलसेन नगरपालिका ६ की ३६ वर्षीया रत्ना भण्डारी भने गम्भीर घाइते भएकी छन् । कविता अामा रत्नासँगै त्रिपालमा सुतिरहेकी थिइन् ।

टाउकोमा गम्भीर चोट लागेकी रत्नाको स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि थप उपचारका लागि सुर्खेत लैजाने तयारी भइरहेको वडा अध्यक्ष छत्रबहादुर शाहीले जानकारी दिनुभयो । महिनावारी भएको भन्दै मृतक खनाल र माइतीमा रहेकी भण्डारी घर भन्दा करिब ५० मिटर पर त्रिपाल टागेर सुतिरहेको बेलामा माथिबाट आएको ढुंगा आएर घटना भएको बताइएको छ । ससुरालीतिरै बस्ने गरेर भण्डारी परिवार नै वैशाखदेखि बारला आएको वडा अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

घटनाका बारेमा थप बुझ्न स्थानीय प्रहरी चौकीसँगै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक टेकबहादुर देउवाको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको बताइएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!