नुहाउने क्रममा कर्णाली नदीमा रहफकी किशोरी बेपत्ता

अछाम । गोठालो गएको अवस्थामा नुहाउने क्रममा बुधबार एक किशोरी कर्णाली नदीमा वेपत्ता भएकी छन् । वेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका–१ रहफको कोटवाडा निवासी १६ वर्षीया कल्पना शाही रहेकी छन् ।

Cyber Security

घरबाट गाइगोरु चराउन घाटखेतमा गएको बेलामा कर्णाली नदीमा नुहाउने क्रममा बगेर वेपत्ता भएको जानकारी आएको अछाम प्रहरी प्रमुख ओमप्रकाश खनालले जानकारी दिनुभयो । कर्णाली नदीमा वेपत्ता भएकी कल्पनाको प्रहरी चौकी रहफका प्रहरी र स्थानीयले खोजि गरिरहेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय कमलबजारमा प्रहरी निरीक्षक हर्षबहादुर नेतृत्वमा थप टोलीहरु समेत परिचालन गरिएको अछाम प्रहरीको भनाई छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!