मंगला माविमा अछाम बहुमुखी क्याम्पसको चेतनामुलक कार्यक्रम

मंगलसेन । जलवायु परिवर्तन, अनुकुलन तथा न्यूनिकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम मंगला नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, ओलीगाउँमा सम्पन्न भएको छ । अछाम बहुमुखी क्याम्पसको आयोजनामा जनप्रतिनिधि, क्याम्पसका प्राध्यापक, विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयका बीचमा कार्यक्रम सम्पन्न गरेको हो ।
क्याम्पसका निमित्त प्रमुख मान बहादुर बुढाको अध्यक्षता सम्पन्न भएको क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष यज्ञराज ढुंगानाको प्रमुख आथित्यतामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अथिति ढुंगानाले मानिसहरुका विभिन्न गतिविधिका कारण जलवायु परिवर्तन भइरहेको भन्दै यसलाई न्यूनिकरणमा जोड दिनुभयो । मानिसहरुबाटै जलवायुमा परिवर्तन हुने भन्दै यसबाट मानिसलाई नै खतरा भइरहेको भन्दै नयाँ प्रविधिको विकासले पनि समस्या भएको भनाइ उपाध्यक्ष ढुंगानाको छ ।
कार्यक्रमका अथिति मंगलसेन नगरपालिका–८ का वडा अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहराले जलवायु परिवर्तनलाई असर नहुने गरेर विकास निर्माणका काम गर्नुपर्ने भनाइ राख्नुभयो । जलवायु परिवर्तनले मानिसमा दीर्घकालीन असर गर्ने भन्दै यसको न्यूनिकरणमा सबै पक्षले सचेत र सजग हुनुपर्ने सुझाव राख्नुभयो । कार्यक्रमका अर्का आथिति मंगलसेन नगरपालिका–१० का पूर्व वडा अध्यक्ष नेत्र बहादुर रावलले जलवायु परिवर्तन न्यूनिकरणमा सबै पक्षले एक साथमा काम गर्नुपर्ने भनाइ राख्नुभयो ।
कार्यक्रमका उद्धेश्य बारेमा क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख छत्र बहादुर विष्टले जानकारी दिनुभयो भने प्राध्यापक शंकरबहादुर रावलले व्याख्या गर्नुभयो ।
कार्यक्रममा मंगलसेन नगरपालिका–९ का अध्यक्ष पदम बहादुर बोहरा सहित स्थानीय जनप्रतिनिधि, मंगला माविका व्यवस्थापन समिति सदस्य, प्राध्यापक, विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी र स्थानीयवासीको सहभागिता रहेको थियो । उक्त कार्यक्रम क्याम्पसका प्रशासकीय प्रमुख उदयराज ढुंगानाले सञ्चालन गर्नुभएको थियो ।
जलवायु परिवर्तन, अनुकूलन र न्यूनिकरणका बारेमा शुक्रबार गंगा माविमा सम्पन्न गरिसकिएको छ । भने राधा माविमा सोमबार कार्यक्रम गर्ने तय भएको निमित्त क्याम्पस प्रमुख बुढाले जानकारी दिनुभयो । अछाम बहुमुखी क्यापसले शैक्षिक, प्रशासनिक कार्यसँगै जनचेतनामुलक कार्यक्रम समेत गर्दै आइरहेको छ ।
