यस्तो छ अछामका दश पालिकाको बेरूजु रकम (तथ्याङ्कसहित)

अछाम । महालेखा परीक्षकको कार्यालयले प्रतिवेदन सार्वजनिक गरेसँगै लेखापरीक्षण सम्बन्धी सूचनाहरु बाहिरिएका छन् । ६२ औं प्रतिवेदनमा उल्लेख भएअनुसार संघीयदेखि स्थानीय तहसम्मका लेखापरीक्षण विवरणहरु सार्वजनिक हुने क्रम जारी भएका छन् ।

गएको आर्थिक वर्षमा गरिएको लेखापरीक्षणका क्रममा अछाम जिल्लाका स्थानीय तहको बेरुजु रकमका बारेमा खबरहरु सार्वजनिक भएका छन् । सार्वजनिक भएको खबर अनुसार पञ्चदेवल विनायक नगरपालिका जिल्लामा सबैभन्दा कम बेरुजु भएको स्थानीय तह भएको छ । दोश्रोमा बान्नीगढी जयगढ गाउँपलिका र तेस्रोमा मंगलसेन नगरपालिका रहेको छ । चौथोमा रामारोशन गाउँपालिका, पाँचौमा ढकारी गाउँपालिका, छैटौंमा चौरपाटी गाउँपालिका, सातौमा साँफेबगर नगरपालिका, आठौंमा कमलबजार नगरपालिका र नवौंमा तुर्माखाँद गाउँपालिका रहेको छ । सबैभन्दा बढी बेरुजु मेल्लेख गाउँपलिकामा रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

Cyber Security

लेखापरीक्षण गर्दा पञ्चदेवल विनायक नगरपालिकाको ०.२७ प्रतिशत, बान्नीगढी जयगढ गाउँपालिकाको ०.४४ प्रतिशत र मंगलसेन नगरपालिकाको ०.६७ प्रतिशत बेरुजु देखिएको छ । यस्तै रामारोशनमा १.३० प्रतिशत, ढकारीमा १.६१ प्रतिशत, चौरपाटीमा १.६६ प्रतिशत बेरुजु रहेको छ ।

यस्तै साँफेबगरमा १.७३ प्रतिशत, कमलबजारमा २.२३ प्रतिशत र तुर्माखाँदमा २.८८ प्रतिशत रहेको छ । सबैभन्दा बढी बेरुजु देखिएको मेल्लेख गाउँपालिकाको ३.१३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । पञ्चदेवल विनायक नगरपालिका लेखा शाखा प्रमुख लाेकबहादुर चलाउने  र बान्नीगढी जयगढ गाउँपालिकाका लेखा अधिकृत नारद खनालले बेरूजु कम भएकोमा खुसी व्यक्त गर्दै सहयोग गर्ने सबैमा धन्यवाद दिएका छन् ।

*रकममा केही फरक परेकोले सच्चाइएको छ ।- सम्पादक

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!