झरीका कारण अछाममा दुई विद्यालय भत्किए

Add suchana

अछाम । तीन दिन देखिको अविरल बर्षाका कारण पञ्चदेवल विनायक र कमलबजार नगरपालिका एक÷एक विद्यालय भत्केका छन् । पञ्चदेवल विनायक नगरपालिका–६ तोलीको श्री जाल्पादेवी आधारभूत विद्यालय वर्षाका कारण आइतबार बिहान भत्केको हो ।

ढुंगाकोको छाना भएको विद्यालय भवन भत्केका कारण विद्यालयका कागजात र फर्निचर लगायतमा क्षति पुगेको समिति सदस्य रावलको भनाइ छ । भने पठनपाठन प्रभावित बनेको छ । पाँच कक्षासम्म अध्यापन हुने उक्त विद्यालयमा हाल ९० जना भन्दा बढी विद्यार्थी रहेको बताइएको छ ।

यस्तै कमलबजार नगरपालिका–३ कमलबजारमा रहेको शक्ति आधारभूत विद्यालय आइतबार दिउँसो भत्केको स्थानीय पत्रकार हिक्मत नेपालीले जानकारी दिएका छन् । परीक्षा दिएर विद्यार्थीहरु निस्केपछि विद्यालयको भवन पछाडिको पर्खाल भत्केर विद्यालय भवन भत्किएको बताइएको छ ।

Add suchana
सम्बन्धित
Leave A Reply

Your email address will not be published.