ढुंगानाको उद्गमस्थलमा ढुंगाना परिवारको पञ्चरात्री

मंगलसेन । नेपालभरका ढुंगाना परिवारको उद्गमस्थल मानिएको मंगलसेनको झारफुँगा धारामा पञ्चरात्री कुलशुद्ध कार्यक्रम प्रारम्भ गरिएको छ । अछाम सदरमुकाम मंगलसेनको बीच बजारमा रहेको झारफुँगा धाराको मुलमा पञ्चरात्री शुरु गरिएको हो ।

पञ्चरात्री जेठ २४ गतेबाट प्रारम्भ भएर २७ गतेसम्म चल्ने छ । त्यस अवधिमा सोही स्थानमा बसेर नागातोला देवताको पुजाआजा, भजनकीर्तन लगायतका धार्मिक कार्य हुने आयोजक यज्ञराज ढुंगानाले जानकारी दिनुभयो ।

नागातोला देवताको प्राचिन धार्मिकस्थल झारफुँगा देवस्थलमा लगभग पाँचसय वर्षभन्दा पछाडि यस्तो पञ्चरात्रीको आयोजना गरिएको बताइएको छ । हासराज र हंशराज परिवारको कुल देवता नागातोलाको पञ्चरात्रीको आयोजना गरिएको अर्का आयोजक चन्द्रप्रसाद ढुंगानाको भनाई छ ।

पञ्चरात्रीमा श्रद्धालु भक्तजन महानुभावहरुलाई ढुंगाना परिवारले आमन्त्रण गरिएको छ । उक्त स्थानको व्यापक सरसफाई र व्यवस्थापन गरिएको छ । ढुंगाना परिवारका अगुवा कर्णबहादुर केसी लगायत पञ्चरात्रीको कार्यक्रममा सहभागिता रहेकाे छ । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!