जाजरकोट केन्द्रविन्दु भएर तीन मिनेटको फरकमा दुई भूकम्पका धक्का

अछाम । कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्रविन्दु भएर भूकम्पका दुई धक्का भएका छन् । भूकम्पको धक्का कर्णाली बाहेर अन्य प्रदेशका बासिन्दादले समेत महसुस गरेका छन् ।

जाजरकोटमा ८ बजेर ७ मिनेटमा ५ दशमलव २ म्याग्नेच्युट र त्यसको तीन मिनेटपछि ५ दशमलव ५ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त भूकम्पको धक्का सुदूरपश्चिमका अछाम सहितका अन्य पहाडी जिल्लामा महसुस गरिएको छ ।

भूकम्पको धक्का महसुस भएको भन्दै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सर्वसाधारणले सामाजिक सञ्जालममा लेखेका छन् । भूकम्पको धक्का महसुस गरिएपनि अछाममा यसको क्षतिको बारेमा हालसम्म कुनै जानकारी नआएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

पछिल्लो समयमा पश्चिम क्षेत्रमा लगातार भूकम्पका धक्काहरु गइरहेका छन् । भूगर्भ विज्ञहरुले सुदूरपश्चिम क्षेत्र भूकम्पको उच्च जोखिममा रहेको बताउँदै आएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page