अछाम बहुमुखी क्याम्पसका प्राध्यापकलाई एक हप्ताको क्षमता अभिवृद्धि तालिम सम्पन्न

मंगलसेन । अछाम बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापकहरुका लागि एक हप्ताको शोधपत्र लेखन तथा मूल्यांकन सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । क्याम्पसका कार्यरत प्राध्यापकहरुलाई शोधपत्र लेखन र मूल्यांकनका बारेमा चैत १५ गतेबाट शुरु गरिएको थियो ।

तालिमको समापन सत्रमा प्रमुख अथितिबाट क्याम्पस सञ्चालक समिति तथा मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराले अछाम बहुमुखी क्याम्पसलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्दै लैजान पर्ने सुझाव दिनुभयो । क्याम्पस बौद्धिकताको क्षेत्र भएको भन्दै यसलाई खोज अनुसन्धानमुलक बनाएर दक्षपूर्ण बनाउनुपर्नेमा ध्यान दिन आवश्यक रहेको भनाइ राख्नुभयो । खोज, अनुसन्धानका लागि मंगलसेन नगरपालिका समेत आवश्यक सहयोग गर्न तयार रहेको भनाइ नगर प्रमुख बोहराको भनाइ छ ।

समापन कार्यक्रमको अध्यक्षता गर्नुभएका क्याम्पसको प्रमुख छत्रबहादुर विष्टले प्राध्यापकहरुको क्षमता अभिवृद्धि गरेर क्याम्पसलाई अनुसन्धानमुलक बनाएर लैजाने भनाइ राख्नुभयो । प्राध्यापकहरुले समायानुकुल आफ्नो दक्षतालाई बढाएर अघि बढ्नका लागि काम हुने भनाइ राख्नुभयो ।

उक्त तालिमका प्रशिक्षक डाक्टर रमेशप्रसाद अधिकारीले खोज, अनुसन्धानलाई अगाडि बढाउँदा क्याम्पसलाई आफ्नो सधै सहयोग रहने भनाइ राख्नुभयो । महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक डाक्टर अधिकारीले अछाम बहुमुखी क्याम्पस आफ्नो ठाउँको क्याम्पस भएकोले सहयोग रहनेमा भनाइ राख्नुभयो । एक हप्ताको तालिमको अनुभवका बारेमा क्याम्पसका पूर्व क्याम्पस प्रमुख नृप बहादुर चाडले भनाइ राख्नुभएको थियो ।

तालिम समापन कार्यक्रमको सञ्चालन क्याम्पसका सहायक क्याम्पस प्रमुख ध्रुवकुमार शाहीले सञ्चालन गर्नुभएको थियो । समापन कार्यक्रममा क्याम्पसका प्राध्यापकहरुको सहभागिता रहेको थियो । अछाम बहुमुखी क्याम्पसले प्राध्यापक र कर्मचारीहरुको क्षमता अभिवद्धिका विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page