अछामका छ स्थानीय तहमा प्राविधिक आउँदै (नामसहित)

मंगलसेन । अछामका ६ स्थानीय तहमा ९ जना असिस्टेन्ट सब इन्जिनियर आउने भएका छन् । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगबाट इन्जिनियरिङ सेवा, सिभिल समूहको चौथो तहमा सिफारिस भएर ति स्थानीय तहमा आउने भएका हुन् ।

प्रदेश लोक सेवा कार्यालयबाट आज अन्तिम नतिजा प्रकाशित गरेर स्थानीय तहमा सिफारिस गरिएको हो । सिफारिस अनुसार चौरपाटी, बान्नीगढी जयगढ रामारोशन गाउँपालिका, कमलबजार नगरपालिका, ढकारी र तुर्माखाँद गाउँपालिकामा नयाँ असिस्टेन्ट सब इन्जिनियर आउने भएका हुन् ।

चौरपाटी गाउँपालिकामा धनुषाका जयकुमार मण्डल, महोत्तरीका रविन्द्र कुमार मण्डल सिफारिस हुनुभएको छ । बान्नीगढी जयगढ गाउँपालिकामा सप्तरीका उमेशकुमार भगत र रामारोशन गाउँपालिकामा कालिकोटका कृष्ण विष्टको सिफारिस भएको छ । यस्तै कमलबजार नगरपालिकामा रूकुम पश्चिमका विरेन्द्र गौतम र धनुषाका रोविनकुमार गोइत सिफारिसमा पर्नुभएको छ ।

यस्तै तुर्माखाँद गाउँपालिकामा दैलेखका यामबहादुर शाही र सिराहाका राजेशकुमार यादव सिफारिसमा पर्नुभएको छ । यता ढकारी गाउँपालिकामा भने बर्दियाका अर्जुन चौधरीको सिफारिस भएको छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page