वैद्यानाथको कोटिहोममा एकै दिन १० लाख बढीको दान संकलन

अछाम । कोटिहोम शुरू भएको ११ अौ दिन अर्थात आज एकै दिन १० लाख बढी दान संकलन भएको छ । कोटिहोममा आएर विभिन्न व्यक्तिले आज एकै दिन सो रकम दान गरेका हुन् ।

रकम दान गर्नेमा चौरपाटी गाउँपालिका-४ पायलको टिमलटुक्रा निवासी गोरखबहादुर कुँवरले एक लाख ३१ हजार पाँचसय रकम दान गर्नुभएको आयोजक समितिले जनाएको छ । यस्तै साँफेबगर नगरपालिका-९ वुढाकोट निवासी जयन्द्रबहादुर कुँवरले एक लाख ११ हजार एकसय र चौरपाटी गाउँपालिका-४ पायलको काठेखेतका नैनसिंह कुँवरले ५१ हजार रुपैया दान गर्नुभएको छ ।

यस्तै अन्य विभिन्न व्यक्तिहरूबाट प्राप्त रकम गरेर आज आइतबार मात्रै १० लाख भन्दा बढी दान संकलन भएको आर्थिक समितिका सदस्य नृपबहादुर कुँवर (नेत्र) को भनाई रहेको छ ।

कोटिहोम महायज्ञमा हालसम्म एक करोड ६३ लाख १९ हजार रुपैयाँ संकलन भएको बताइएको छ । आइतबारसम्म जम्मा ७३ लाख ९१ हजार खर्च भएकोमा ८९ लाख२८ हजार वचत रहेको सूचना प्राप्त भएको छ । पालिकाहरुले गरेको निर्णय अनुसारको ३७ लाख आउन बाँकी रहेको बताइएको छ । फागुन १० गतेबाट शुरू भएको कोटिहोम महायज्ञ फागुन २५ गतेसम्म चल्ने छ ।

कोटिहोममा वेदान्ताचार्य प्राध्यापक भवानी प्रसाद खतिवडा र आचार्य तथा कथावाचक बालयोगेश्वर श्री विजय कृष्णमूर्ति जी महाराजले कथा वाचन गरिरहनु भएको छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page