Palika dasin suvakamana

जलेको हवनकुण्ड पुनर्निर्माण गरि सञ्चालनमा

Palika dasin suvakamana

अछाम । आगलागीबाट नष्ट भएको हवनकुण्ड पुनर्निर्माण गरेर पुन: हवन कार्य सञ्चालनमा ल्याइएको छ । वैद्यनाथमा जारी कोटिहोको मुख्य हवनकुण्डमा शनिबार दिउँसो आगलागी भएको थियो ।

हवनकुण्डको पुनर्निर्माणसँगै क्षमा पूजा गरेर हवन कार्य पुन: सुचारू भएको कोटिहोम आयोजक समितिका संयोजक तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवरले जानकारी दिनुभयो ।

आयोजक समिति, सुरक्षा निकाय, विभिन्न सहयोगी संस्था र व्यक्ति रातभर खटिएर करिब ९ घण्टाको अवधिका हवनकुण्ड निर्माण गरेर सञ्चालनमा ल्याइएको बताइएको छ । मिस्त्री, नेपाली सेना, शसस्त्र प्रहरी, जनपद प्रहरी, लायन्स क्लव, मानवसेवा फाउण्डेसन र आयोजकको प्रयासमा क्षति भएको हवनकुण्ड पुन: निर्माण गरिएको हो ।

वैद्यनाथ धाममा फागुन १९ गतेबाट १४४ वर्षीय कोटिहोम महायज्ञ सञ्चालमा रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको महायज्ञ फागुन २५ गतेसम्म चल्नेछ ।

Add suchana
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page