मंगलसेनमा झण्डै सोह्रसय किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइने

अछाम । मंगलसेन नगरपालिकामा सोह्रसयलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइने भएको छ । नगरपालिकामा रहेका १४ वडाका विभिन्न केन्द्रबाट एकहजार ५८० जनालाई खोप दिइने भएको हो ।

माघ २२ गतेबाट विद्यालयमा अध्ययरत कक्षा ६ देखी १० सम्मका किशोरीलाई र विद्यालय नजाने ४६ जना किशोरीलाई खोप दिइने भएको हो । विद्यालयमा रहेका एकहजार ५३४ विद्यालयमा जाने बालिका र ४६ जनालाई खोप लाउने लक्ष्य रहेको मंगलसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुमिनन्द ढुंगानाले जानकारी दिनुभयो । नगरमा ३३ वटा खोप सेसनमा ३३ वटा स्वास्थ्यकर्मी, ६६ स्वयमसेवक र ३३ वटा अनुगमनकर्ता खटिने छन् ।

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान तथा समग्र स्वास्थ्य अवस्थाका बारेमा नगरपालिकामा अभिमुखीकरण आज सम्पन्न भएको छ । नगरस्तरीय खोप समन्वय समितिका कार्यवाहक प्रमुख संगीता रावल सोडारीको अध्यक्षतामा सरोकारवालाहरुसँग अभिमुखिकरण गरिएको हो । उक्त अवसरमा पाठेघरको मुखको क्यान्सरको समग्र अवस्था र खोपका बारेमा स्वास्थ्य कार्यालय अछामका निमित्त प्रमुख दिपेन्द्र जोशीले प्रस्तुतिकरण गर्नुभएको थियो ।

अभिमुखिकरण कार्यक्रममा नगरका प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, पूर्वनगर उपप्रमुख सरिता उपाध्याय, सामाजिक विकास समितिका संयोजक बृख बहादुर बाेगटी, विभिन्न  वडाका अध्यक्षलगायत नगरका जनप्रतिनिधि, शिक्षक कर्मचारीहरुको सहभागिता रहेको थियो । विद्यालयकै कक्षा ११÷१२ मा अध्ययनरत कम उमेरका छात्राहरु खोपबाट बञ्चित हुनुपर्ने अवस्था रहेको षोडशा माविका प्रधानाध्यापक बृकेशसिंह बोगटीको भनाइ रहेको थियो । अभिमुखिकरण कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख भुमिनन्द ढुंगानाले गर्नु भएको थियोे । 

विस्तृत विवरण यहाँ छ । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page