चौरपाटी गाउँपालिकाको हाकिममा थापालाई नै जिम्मेवारी

अछाम । चौरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा पुनः धन बहादुर थापा नै नियुक्त हुनुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अघि हटाएकोमा मन्त्रालयले नै पुनः आर्थिक र प्रशासनिक अधिकार सहित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।

गाउँपालिकामा वरिष्ठ कर्मचारी (अधिकृत सातौं) रहनुभएका थापालाई प्रमुख प्रशासकीय अधिकृत नखटाइएसम्म वा अर्को व्यवस्था नभएसम्मका लागि जिम्मेवारी दिइएको हो । थापा नै गाउँपालिकाको वरिष्ठ कर्मचारी (अधिकृत सातौं) रहेको भन्दै पालिकाले मन्त्रालयलाई माघ १५ गते मन्त्रालयमा पत्र पठाएको बताइएको छ ।

मन्त्रालयले पुनः थापालाई बिहीबारको निर्णय अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम प्रमुख प्रशासकीय अधिकृत नखटाइएसम्म वा अर्को व्यवस्था नभएसम्मका लागि जिम्मेवारी दिएको पत्रमा उल्लेख छ ।

थापाले चौरपाटी गाउँपालिकाको प्रशासनिक र आर्थिक नेतृत्व गर्नेछन् । थापा स्वास्थ्य क्षेत्रका कर्मचारी भएपनि चौरपाटी गाउँपालिकाको आर्थिक र प्रशासनिक क्षेत्रमा लामो अनुभव छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page